बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी   

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन्।

बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफल नै अघि नबढाउने उनीहरूको चेतावनी छ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रुपमा बजेट ल्याएको आरोप लगाए।

उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर राेकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन्।

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोध गर्दै आएका छन्।

बजेटमाथि छलफल गर्नेगरी आज बिहान ८ बजेका लागि संसद बाेलाइएको थियो। तर, सत्तारुढ दलाहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ। अहिले ३ बजेका लागि फेरि संसद बोलाइएको छ।

प्रकाशित मिति: : 2022-07-11 14:31:00

प्रतिकृया दिनुहोस्