'प्रचण्डकाे परिवारतन्त्र र देउवाकाे पत्नी–पुत्रमाेहले पतनकाे बाटाे स्पष्ट छ'

सूर्य थापा

काठमाडाैँ

नेकपा (एमाले)का युवा नेता सूर्य थापाले सत्तारुढ दलका शीर्ष नेता पुष्पकमल दाहाल 'प्रचण्ड'काे परिवारतन्त्र र प्रधानमन्त्री शेरबहादुर देउवाकाे पत्नी–पुत्रमाेह छर्लङ्ग देखिएकाे आरोप लगाएका छन्।

श्रीलंकाली आर्थिक र राजनीतिक संकटबारे थप टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमार्फत् दाहाल, देउवा, माधवकुमार नेपाल र माेहनविक्रम सिंहकाे चर्काे आलाेचना गरेका छन्।

उनी लेख्छन्– परिवारवादले पतन गराएकाे उदाहरण ढुंगाकाे अक्षरमा लेखिएको छ– श्रीलंकामा! छिमेकी भारतमा काङ्ग्रेस–आईकाे हालत उठ्नै नसक्ने गरी यही कारणले भाँसिएकाे धेरै भयाे। 

अचेल नारायणकाजी श्रेष्ठले जस्ताे नकारात्मक पर्सेप्सन बनाउने देशघाती कुरा गर्ने तरिकालाई त म उचित ठान्दिनँ। तर दाहालकाे परिवारवाद र परिवारतन्त्र (राज्य र पार्टीका नेतृत्व तहमा भाइ, छाेरी, ज्वाइँ, बुहारीलाई प्राथमिकता), देउवाकाे पत्नी र पुत्रमाेह (कमिशन र व्यापारमा संरक्षण), माधव नेपालकाे आफन्त (सम्धी,भाइ, बहिनी र ज्वाईं) माेह हुँदै माेहनविक्रम सिंहकाे (पत्नी)माेह समेत छर्लङ्ग भएकै छ। यस्ता मति र व्यवहार पटक्कै ठीक छैनन्।

जनतामा असन्तुष्टिकाे आगाे फुक्ने कार्य यिनै केही स्वघाेषित अगुवाहरूले गरिरहेकाे तथ्य स्पष्ट छ। गण्डकीका मुख्यमन्त्री र मन्त्रीले राज्यकाे बजेटबाट गरेकाे पितृश्राद्द मात्र हाेइन, राष्ट्रिय जनमाेर्चाकी सांसद पियारीकाे संरक्षकत्वमा उनका पति अध्यक्ष रहेकाे संस्थालाई दिइएकाे कराेडाैं रकम (खासमा एमाले नेतृत्वको प्रदेश सरकार ढाल्न खेलेकाे भूमिकाकाे लागि गरेकाे नगदनारायणकाे प्रबन्ध)ले  लुटतन्त्रकाे झाँकीझलक देखाइसकेकाे छ। हरेक व्यक्तिका यस्ता स्वार्थी रवैया जनताको निगरानीबाट टाढा छैनन्!

यस्तै तरिका र व्यवहारले व्यक्ति र प्रणालीलाई पतनकाे बाटाेमा पुर्‍याउने खतरा स्पष्ट देखिन्छ। यहाँ ढाकछाेप र स्तुतिकाे तौरतरिका बन्द गरेर सम्बन्धितहरूले सच्चिने इमानदार काेशिस गर्नुपर्ने खाँचाे अपरिहार्य छ।

प्रकाशित मिति: : 2022-07-11 06:20:00

प्रतिकृया दिनुहोस्