जिल्ला खेलकुद विकास समिति बाँकेको अध्यक्षमा सन्दिपजङ्ग शाह नियुक्त भएका छन्।
नेपाल तरुणदल बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकाका सभापति शाहलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जेपी भट्टराईले नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधिसमेत रहेका शाहसहित उपाध्यक्षमा चेतकान्त भट्टराई, कोषाध्यक्षमा विरेन्द्र शाही, सदस्यहरुमा रञ्जीत सिंह सिजापति, मञ्जु शाह, मो.जावेद हल्वाई, रेवती सिंह, दिपक वली र चन्द्र राना चयन भएका हुन्।
खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८को नियम १० को उपनियम १ मा भएको व्यवस्था प्रयोग गरि असार १९ गते प्रदेश खेलकुद परिषदको निर्णयले शाह नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो।
बाँके खेलकुदको विकास समितिको अध्यक्षमा नियुक्त भएका शाह नेपाली कांग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा नेपालगन्ज वडा नं. १३ बाट चुनावसमेत लडेका थिए।
निवर्तमान पार्टी सभापति किरण कोइरालामाथि भएको आक्रमणका बेला उनको चर्चा चुलिएको थियो। नेकपाको सरकार हुँदा प्रहरीले उनीमाथि हातहतियारसम्बन्धी झुट्टा मुद्दा चलाएपछि उनी जेलसमेत परेका थिए। तर उनले अदालतबाट सफाइसमेत पाइसेका थिए।