मलेसियामा नेपालीका ‘देउता’ जसले मुत्युको मुखमा पुगेका कैयाैँलाई बचाए (भिडियाेसहित)

डिल्ली पाण्डे

पेनाङ (मलेसिया)

मलेसियामा पहिलाे पटक भिसा लगाउने नेपालीमध्ये एक हुन्, केसु थापा।

बागलुङ गलकाेटका उनी सन् १९९३ मा सिङ्गापुर हुँदै यहाँ आएका थिए। त्यतिबेला नेपालबाट भिसा लाग्दैन्थ्याे उनी अन्य पाँच जना साथी सँगै सिङ्गापुर हुँदै मलेसिया आए। सुरूवाती चरणमा मलेसियामा निक्कै दु:ख पाएका केसु अहिले भने यहाँ रहेका दु:खी नेपालीकाे सारथी बनेका छन्।

विभिन्न कालखण्डमा हन्डरै–हन्डर र ठक्कर खाएर पनि उनी यहाँ यसरी जमेकी अहिले उनी मलेसियाका लागि एक आइडल नै हुन्।

‘जहाँ समस्या पर्छ, त्यहाँ केसु पुग्छ’ भन्ने वाक्यलाई उनले आफ्नाे नाराजस्तै बनाइसका छन्। उनी हाल मलेसियाको पेनाङ राज्यको अरिङ्ताङमा व्यवसाय गर्दै आएका छन्।

‘नेपालमा खासै केही सम्भावना देखिनँ, पैसा कमाउछु र केही गर्छु भनेर सन् १९९३ मा सिगांपुर हुँदै यहाँ आएँ, यतै रमाएँ,’ मुसुक्क हाँस्दै केसुले बिएल नेपाली सेवासँग भने,‘पहिले सिङ्गापुर पुगेको थिएँ, पछि भिजिट भिसामा यहाँ छिरैँ। पहिलोपटक मलेसियामा प्रोफ्रेसनली रूपमा भिसा लगाउने ५ जना थियाैँ, त्यसमध्ये एक मै हुँ।’

त्यो बेला नेपालीहरु मलेसियामा थिएनन्। केसुको प्रवेशपछि नेपालीहरु पनि आउन थाले। उनी मलेसियामा पुग्दा नेपालीलाई निक्कै सम्मान गरिन्थ्याे। यहाँ पहिला–पहिला नेपालीलाई गाेर्खाली भनेर इज्जात प्रलचन रहेकाे उनी अनुभव छ। पछि बिस्तारै नेपालीहरुको पनि संख्या बढ्न थाल्यो र विभिन्न समस्याहरू उत्पन्न हुँदै गए।

कुनै पनि नेपालीले दु:ख पायो कि केसुको मुटु पोलिहाल्छ। समस्या सुनेर उनी यसै बस्नै सक्दैनन्। ऊ जमानादेखि समाज सेवा गर्दै आएका केसुलाई समाज सेवा गरेकै कारण विभिन्न बाधा अड्कन पनि आए तर पनि उनी पछि हटेनन्।

केसुलाई मलेसियाको रहनसहनदेखि यहाँको भाषा संस्कृतिको समेत राम्रै ज्ञान छ। चिनियाँ र मलेसियाको भाषा समेत प्रष्टै आउँछ।

‘सामाजिक काम गर्नु सुरू सुरूमा धेरै दुःख छ। काम गर्नै सक्किदैन। जुन काम गर्दाको मज्जा र कसैलाई सहयोग गर्नुको मज्जा निकै छ, सहयोग गर्नु जत्तिको मज्जा काम गरेर हुँदैन,’ केसुले सुनाए।

समाज सेवा गर्दै आधा उमेर ढल्काएका केसुले समाज सेवाकै निम्ती आफ्नो व्यावसाय समेत दोस्रो प्रथामिक्कतामा राखेका हुन्छन्। उनलाई परिवारका सदस्यले पनि उत्तिकै सहयोग गर्दै आएका छन्।

सधैं समाज सेवालाई प्रथामिक्तामा राख्ने केसुलाई मलेसियाली सरकारले पनि उत्तिकै मान्ने गरेको छ। मलेसियामा रहेका नेपालीका आइडल नै हुन्, उनी।

समाज सेवा गर्नकै लागि उनले मलेसियामा एक संस्था खोलेका छन्। मलेसियाको सरकारी तवरबाट गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी केसुले पेनाङ राज्यमै मुख्य कार्यालय बनाए ‘सामाजिक जनकल्याण जनउद्धार केन्द्र’ नामक संस्था खालेका छन्। केसुले आफूजस्ता सहयोगी मन भएकालाई समेटेर उक्त संस्था खोलेका हुन्। मलेसियास्थित नेपाली दूतावासले समेत केसुको सहयोग लिने गरेको छ। त्यसका लागि दूतावासले केसुलाई स्वयंसेवकका रुपमा राखेको छ।

के हो जनकल्याण केन्द्र ?

सामाजिक जनकल्याण जनउद्धार केन्द्र मलेसिया सरकारको सम्पूर्ण प्रक्रिया पूरा गरी खुलेको एक गैरनाफा मुलक संस्था हाे। यसको मुख्य कार्यालय पेनाङ राज्यको अरिङ्ताङमा छ। र, यसको शाखा मलेसियाको अन्य राज्यमा पनि छन्।

‘विदेशी भूमिमा आफूलाई परेको उतार चढाबमा विभिन्न दुःख भोगियो, मैले जुन दुःख भोगेँ मलेसियामा नेपालीले पनि अरू दुःख नपाउन भन्ने उद्देश्यले जनउद्धार केन्द्र खोलेका हौ,’ केसुले भने,‘हामीले काम गरेर बचेको १/२ घण्टा कुनै समस्यामा परेका हरेकलाई सहयोग गर्ने, समस्याको समाधानको लागि बोल्नै पर्ने भएकाले हामीले यो संस्था खोलेका हौँ।’

जनउद्धार केन्द्रले अहिलेसम्म ३ सय ४२ जना नेपालीलाई उद्धार गरेर नेपाल पठाइसकेको छ। नेपाली दूतावासको सहकार्यमा केन्द्रले यो सबै काम गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-07-11 21:50:00

प्रतिकृया दिनुहोस्