नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन्।
प्रज्ञा भवन कमलादीमा बिहीबार जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन्।
‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ। त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, उनले भने।