नबिल र नेपाल बंगलादेश बैंककाे सेवा चार दिनका लागि बन्द, दुई बैंकबीच एकीकृत कारोबार हुँदै 

नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा बन्द भएको छ। 

असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकाेले चार दिनका लागि सेवा बन्द हुने बैंकले जनाएको छ।

उक्त समयमा बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछ भने बैंकका क्रेडिट कार्डहरू भने चल्ने बताइएकाे छ। 

त्यस्तै असार २७ देखि  नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन्। 
 
 

प्रकाशित मिति: : 2022-07-07 11:19:00

प्रतिकृया दिनुहोस्