शिकागो हमलाः भाग्नलाई महिलाको भेषमा आक्रमणकारी

File photo
File photo

शिकागोको उपनगरमा कम्तीमा सात जनाको मृत्यु र ३० जना घाइते हुने गरी भएको गोलीबारीका आक्रमणकारीे आक्रमणपछि महिलाको भेषमा रहेको जनाइएको छ।

२१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई गोलीबारीको केही घण्टापछि हिरासतमा राखिएको थियो। आक्रमणलगत्तै भागाभाग भएको भिडमा मिसिएर भाग्नका लागि रोवर्ट महिलाको भेषमा आएको  प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हाइल्याण्ड पार्कमा आक्रमणका लागि उनले हप्तौंदेखि योजना बनाएका थिए। संदिग्धले घटनास्थलबाट भाग्नको लागि भेष प्रयोग गरी महिला लुगा लगाएर आमाको घरमा हिंडेको लेक काउन्टी मेजर क्राइम टास्क फोर्सका प्रवक्ता क्रिस कोवेलीले बताए।

बन्दुकधारीले करिब एक वर्षअघि कानुनी रूपमा पाँच वटा हतियार खरिद गरेको प्रहरीले जनाएको छ। सन् २०१९ को अप्रिलमा उनले आत्महत्या प्रयास गरेको थियो। त्यसको एक सातापछि प्रहरीलाइ बोलाइएको थियो। उनमा मानसिक स्वास्थ्य समस्यासमेत देखिएको थियो। 

प्रकाशित मिति: : 2022-07-06 11:36:00

प्रतिकृया दिनुहोस्