अमेरिकाको मेरिल्याण्ड डिस्ट्रिक्ट ८ मा तीन नेपाली चुनावमा, निर्णय जुलाई १९ मा

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

डेलिगेट डा. ह्यारी भण्डारीले २०१८ मा हाउस अफ एसेम्बेली सदस्य जितेर नेपालीका लागि ऐतिहासिक उपलव्धी हासिल गराएको मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरीको मतपत्रमा यसपटक तीनजना नेपालीको नाम देखिने छ।

यही जुलाई १९ मा हुने डेमोक्रेटिक प्राइमरीमा डा. भण्डारी आफैं दोस्रो कार्यकालको लागि मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यका लागि उम्मेद्वार छन् भने अन्य दुई नेपाली अर्जुन हमाल र इन्द्र थापाक्षेत्री डेमोक्रेटिक पार्टी मेरिल्याण्डको केन्द्रीय सदस्य उम्मेद्वार रहेका छन् ।

डेलिगेट डा. भण्डारीको विपक्षमा उम्मेद्वारी छैन, उनी अनअपोज्ड छन्। तर, उनको नाम पनि मतपत्रमा हुने भएकाले उनले प्राप्त गर्ने मतले प्राइमरीमा उनको स्थान निश्चित गर्छ । त्यसले उनको जनरल इलेक्सनलाई प्रभाव पार्छ ।

एकजना अर्को रङ्ग र वर्णको मानिस डेमोक्रेटिक पार्टिको केन्द्रीय सदस्य हुनुभन्दा एक नेपाली केन्द्रीय सदस्य हुनु आकाश पातालको फरक पर्छ । मेरिल्याण्ड डेमोक्रेटिक बहुल राज्य भएकाले यहाँ डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यको ठूलो महत्व हुन्छ । यसैले पनि यस क्षेत्रका सबै नेपालीले यस चुनावलाई अवसरका रूपमा उपयोग गरेर अमेरिकामा नेपालीलाई देखिने र सुनिने अभियान बनाउन सहयोग गर्नुपर्ने देखिएको छ ।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट डमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यमा तीनजना महिला र तीनजना पुरूष गरी ६ जना चुनिन्छन् । महिला सदस्यमा तीनजना अनअपोज्ड भैसकेका छन् भने तीनजना पुरूषका लागि ५ जनाको उम्मेद्वारी परेको छ। ती ५ जनामा दुईजना नेपाली अर्जुन हमाल र इन्द्र थापाक्षेत्री रहेका छन् ।

हमाल वहालवाला केन्द्रीय सदस्य हुन् भने थापाक्षेत्री पहिलोपटक केन्द्रीय सदस्यको उम्मेद्वार भएका छन् । हमाल सुदूरपश्चिमेली नेपाली समाज अमेरिकालगायतका विभिन्न संघसंस्थामा आवद्ध रहेर नेपाली समुदायका लागि क्रियाशील छन् । थापाक्षेत्री म्याग्दी समाज अमेरिकाको अध्यक्ष रहिसकेका छन् । लामो समयदेखि फ्रेण्ड्स अफ ह्यारी भण्डारीका कोषाध्यक्ष रहेका उनी आफैं चुनावी क्याम्पेनमा रहेकाले अहिले उनी त्यो पदमा छैनन् । 

हमाल केन्द्रीय सदस्य रहेकाले उनी यसपटक पनि त्यही पदमा उम्मेद्वार भएका हुन् भने थापाक्षेत्री अहिले केन्द्रीय सदस्य रहेका डेलिगेट डा. भण्डारीको स्थानमा उम्मेद्वार रहेका
हुन् । वर्तमान केन्द्रीय सदस्य डा. भण्डारीले यसपटक उम्मेद्वारी दिएनन् ।

नेपाली उम्मेद्वारहरूलाई विजयी बनाउन नेपाली समुदायको अहम् भूमिका हुन्छ । डिस्ट्रिक्ट ८ का नेपाली अमेरिकीले मतदाता नामावलीमा आफूलाई रजिस्टर्ड डेमोक्रेटका रूमा दर्ता गरी मतदान गरेर विजयी बनाउन सक्छन् भने उनीहरूलगायत अन्य नेपालीले चुनावी क्याम्पेनमा स्वयंसेवकका रूपमा सहयोग गरेर, चुनावी क्याम्पेनलाई यथाशक्य आर्थिक सहयोग गरेर र नेपालीको पक्षमा एक किसिमको चुनावी माहौल बनाएर पनि सहयोग गर्न सक्छन् ।

अफ्रिकी अमेरिकी मूलका डेलिगेट कार्ल ज्याक्सनले केन्द्रीय सदस्यका  दुईजना नेपाली उम्मेद्वारलाई आफ्नो टीमबाट बाहिर निकालेर बाँकीको नाम राखी  आफ्नो टिम बनाएका छन्। यसले गर्दा नेपाली उम्मेद्वारका लागि निर्वाचन पेचिलो बनेको छ र नेपाली समुदायले यस चुनावलाई प्रतिष्ठाको विषय बनाउनुपर्ने भएको छ।


एकजना अर्को रङ्ग र वर्णको मानिस डेमोक्रेटिक पार्टिको केन्द्रीय सदस्य हुनुभन्दा एक नेपाली केन्द्रीय सदस्य हुनु आकाश पातालको फरक पर्छ । मेरिल्याण्ड डेमोक्रेटिक बहुल राज्य भएकाले यहाँ डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यको ठूलो महत्व हुन्छ । यसैले पनि यस क्षेत्रका सबै नेपालीले यस चुनावलाई अवसरका रूपमा उपयोग गरेर अमेरिकामा नेपालीलाई देखिने र सुनिने अभियान बनाउन सहयोग गर्नुपर्ने देखिएको छ ।

यसैबीच यही डिस्ट्रिक्टका बहालावाला अफ्रिकी अमेरिकी मूलका डेलिगेट कार्ल ज्याक्सनले केन्द्रीय सदस्यका  दुईजना नेपाली उम्मेद्वारलाई आफ्नो टीमबाट बाहिर निकालेर बाँकीको नाम राखी  आफ्नो टिम बनाएका छन्। यसले गर्दा नेपाली उम्मेद्वारका लागि निर्वाचन पेचिलो बनेको छ र नेपाली समुदायले यस चुनावलाई प्रतिष्ठाको विषय बनाउनुपर्ने भएको छ।   

प्रकाशित मिति: : 2022-07-05 01:57:00

प्रतिकृया दिनुहोस्