४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ। 

सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन्। 

कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए। बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-07-04 11:34:00

प्रतिकृया दिनुहोस्