'प्राउड ब्वाईज' र 'द बेस' न्यूजिल्याण्डकाे आतंकवादी सूचीमा

Breaknlinks
Breaknlinks

अमेरिकी दुई अतिवादी समूह 'प्राउड ब्वाईज' र 'द बेस'लाई न्यूजिल्याण्डले आतंकवादी समूहकाे सूचीमा राखेकाे छ।

यी संगठनका सदस्यहरू आफू सेतो रङ्गको भएकाे कारण देखाउँदै सर्बश्रेष्ठ दावी गर्छन्।

'प्राउड ब्वाईज'लाई आतंकवादी समूहकाे सूचीमा राख्ने न्यूजिल्याण्ड पहिलो राष्ट्र होइन। गत वर्ष क्यानडाका अधिकारीहरूले पनि 'प्राउड ब्वाईज'लाई आतंकवादी समूह भएकाे दावी गरेकाे थियाे।

न्यूजिल्याण्डले अब यी संगठनलाई कुनैपनि प्रकारको सहयोग नगर्ने र संगठनका सदस्यहरूलाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरेको छ। सरकारले अतिवादी संगठनहरूको गतिविधिमा राेक लगाउने छ।

उनीहरू अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई नै अमेरिकाको राष्ट्रपति मान्छन्। अनि भीडलाई उक्साएर आक्रमण गर्छन्। 

'प्राउड ब्वाईज' समूहका सदस्यहरू डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनलाई नराम्राे गाली गरेको पोशाक लगाउँछन्। अमेरिकी क्यापिटल भवनमा भएको आक्रमणमा पनि उनीहरूकै संलग्नता रहेकाे अधिकारीहरूले जनाएका छन्।

'प्राउड ब्वाईज' र 'द बेस' समूहकाे सबैभन्दा बढी आधिपत्य जर्जिया र टेन्नेसी राज्यमा छ।

सेतो छालाकाे पक्षपाती संगठनलाई फेडरल ब्यूरो अफ ईन्बेस्टिगेसन (एफबिआई)ले चरमपन्थी संगठनहरूको सूचीमा राखेको छ। 'प्राउड ब्वाईज' र 'द बेस'लाई कुनैपनि खुल्ला गतिविधि गर्न रोक लगाएको छ। अमेरिकाभित्र पनि गैरकानूनी हो।

पछिल्लो राष्ट्रपति निर्वाचनको समय रिपब्लिकन उम्मेदवार तथा पूर्व राष्ट्रपति ट्र्म्पले घुमाउरो तरिकाले यी संगठनहरूलाई समर्थन गर्ने खालको बयान दिएका थिए, जसको मिडियामा आलोचना भएको थियो।

प्रकाशित मिति: : 2022-07-01 09:38:00

प्रतिकृया दिनुहोस्