मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

File Photo
File Photo

मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ।

मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए। त्यसपछि प्रदेशसभा सचिवालयले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरेको थियो।

प्रकाशित मिति: : 2022-06-30 17:58:00

प्रतिकृया दिनुहोस्