गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना

File photo
File photo

गोर्खाज फाइनान्स कम्पनीले चारवटा निक्षेप योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोगको बिमा तथा दुर्घटना बिमाको सुविधा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम र निःशुल्क डिम्याट लगायत सुविधा उपलब्ध गराउने भएको छ।

यसैगरी वार्षिक ९ प्रतिशत ब्याज दिने ‘विशेष गोर्खा पेन्सन बचत खाता’ सार्वजनिक गरेको छ। न्यूनतम पाँच हजार रुपैयाँमा खोल्न सकिने यो खातामा २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, पाँच लाखसम्मको दीर्घरोग बिमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर, डेबिट कार्ड, डिम्याट खाता लगायत सुविधा छन्।

कम्पनीले ‘एकको दुई गोर्खाज दोब्बर मुद्दती खाता’ र ‘एकको तीन गोर्खाज तेब्बर मुद्दती खाता’ पनि सार्वजनिक गरेको छ। उक्त योजनाअनुसार बचत गरेको निक्षेप पाँच वर्ष नौ महिनामा दोब्बर र नौ वर्षमा तेब्बर हुने कम्पनीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-06-30 15:15:00

प्रतिकृया दिनुहोस्