प्रतिस्णा रेग्मी
स्थानीय निर्वाचन सकिलगतै काठमाडौँ महानगरपालिकाले नगरवासीहरुका लागि थुप्रै नयाँ योजनाहरुकाे विवरण तयार पारेको थियो।
उक्त विवरणहरुमध्ये एक थियो, सार्वजानिक शाैचलाय। मेयर बालेन साहले आफ्नाे जितसँगै काठमाडौँभित्रका सबै होटल तथा रेष्टरेन्टहरुको शैचलयालाई सार्वजानिक गर्न प्रतिवद्धता जनाएका थिए।
महानगरपालिकाले काठमाडौँको विभिन्न स्थानहरुमा रहेको होटल तथा रेष्टरेन्टलाई सार्वजानिक रुपमा प्रयोग गर्न दिए बापत ती होटल, रेष्टुरेन्टलाई केही दिने समेत योजना भएको थियो।
मेयर साहले होटेलका शौचालय सार्वजनिक हुनेलाई करमा केही छुट दिन सक्ने बताएका छन। त्यसैले सुरूमा त यो कुरामा तालमेल मिल्न जरूरी छ। किनभने केहीले व्यवसायीले त यसका लागि केही शर्त समेत अगाडि सारेका थिए।
महानगरलाई आफ्नाे शाैचालय प्रयाेग गर्न दिएका हाेटल तथा रेष्टुरेन्टले महानगरकाे शाैचालय चिन्हसहितकाे बाेर्ड समेत राखेका छन्। काठमाडौँ महानगरका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार 'सार्वजनिक शाैचालय प्रयाेगमा ल्याएका हाेटल तथा रेष्टुरेन्टहरूबाट सकारात्मक प्रतियक्रिया आइरहेकाे छ।'
अहिलेसम्म २ सय वटा हाेटल तथा रेष्ट्ररेन्टमा सार्वजनिक शाैचालय सञ्चालनमा छन्। ‘हामीले सन्चालनमा ल्याएका होटल तथा रेष्टरेन्टहरुलाई के दिने भन्ने बारे छलफल गरिरहेको छौँ, याे कुरा कार्यविधिमार्फत् आउँछ,’ आचार्यले बिएल नेपाली सेवासँग भने। सञ्चालनमा ल्याइएका सार्वजानिक शौचलायहरू गुगल म्यापबाट पनि हेर्न सकिने महानगरले जनाएकाे छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया