ललितपुरमा मनाइयाे अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिकाले विपद व्यवस्थापन अन्तरर्गत साउथ एशियन लाइटिग नेटर्वकको सहयोगमा अन्तर्राष्ट्रिय चट्याङ दिवसकाे अवसरमा   मंगलबार जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ।  

कार्यक्रममा अमृत क्याम्पसका प्राध्यायक डा.श्रीराम शर्माले चट्याङ के हो?, चट्याङबाट कसरी बच्ने, तथा चट्याङ लागेमा के हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए।

उनले चट्याङ घर बाहिरकाे काममा हुदाँ लाग्ने भएले सबैलाई सर्तक रहन समेत आग्रह गरे।

‘चट्याङ लाग्ने भनेको विशेष गरी मानिसहरु बाहिरी काममा हुदाँ लाग्ने गर्छ। हाम्रो देश नेपाल कृषिप्रधान देश भएकै कारणले गर्दा पनि धेरै मानिसहरु खेतबारीमा भएको बेला चटाग लागने गर्छ र मानिसहरु त्यहीबाट ज्यान गुमाउन बाध्य हुन्छन्। प्राकृतिक प्रकोपहरु मध्य एउटा चट्याङ पनि हो। विश्भर हेर्न नै हो भन्ने वार्षिक २४ हजार मानिसले चटाग लागेर ज्यान गुमाउने गर्छन्। त्यस्तै नेपालमा मात्र चट्याङ लागेर ज्यान गुमाउनेको सङख्या १०० जना भन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्।त्यसकारण यसबारे हामी सर्तक रहन जरुरी छ।’

यस्तै कार्यक्रमा महानगरपालिकाले चट्याङ बारे तालिम समेत दिएको थियाे। 

प्रकाशित मिति: : 2022-06-28 14:47:00

प्रतिकृया दिनुहोस्