भारतले ई–पासपोर्ट जारी गर्ने

बिएल संवाददाता

नयाँ दिल्ली 
File photo
File photo

भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ। अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको हो।

शुक्रबार पासपोर्ट सेवा दिवसको अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो जानकारी दिएका हुन्। विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेका थिए। 

सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराइएको उनले बताए। नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे। 
 

प्रकाशित मिति: : 2022-06-26 12:51:00

प्रतिकृया दिनुहोस्