जमिनलाई सुख्खा हुनबाट जाेगाउन, पानीकाे अभाव टार्न र सांस्कृतिक विविधता कायम राख्न राजधानीवासीहरूले प्राचीन कालदेखि नै टाेल–टाेलमा पाेखरीहरू बनाउँथे। टाढा–टाढाबाट पानी ल्याएरै भएपनि पाेखरी बनाउनुलाई राजधानीवासीहरूले साैभाग्यका रूपमा लिन्थे। त्यसमा पनि पाेखरी माेह सबैभन्दा धेरै ललितपुरकाे खाेकनावासीहरूमा थियाे।
अहिले पनि खाेकना पुग्ने हाे भने धेरै पाेखरीहरू देख्न सकिन्छ। ती पाेखरीहरूमा पानी मात्रै छैनन्, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वहरू पनि छल्किरहेका छन्। तर, इतिहासकाे संरक्षण गरिरहेका तिनै पाेखरी भने संरक्षणकाे अभावमा जीर्ण भन्दै गएका छन्।
सुन्दा र देख्दा पनि कस्ताे नरमाइलाे लाग्न सक्छ, जसले इतिहास बचाइरहेका छन् उनै मृत्यु शय्यामा पुगेका छन्। अहिले यहाँका अधिकांश पाेखरीहरूमा माटो भरिएर पुरिँदै गएको छन्। भने, केहीमा घाँस र बन्जरले छेकेर पोखरी नै ओझेलमा परेका छन।
यहाँका पोखरीहरुमा राजकुलोबाट आएको पानी जम्मा गर्ने गरिन्छ। तर, अहिले राजकुलोको पानी कहिलेकाहीँ मात्रै आउने भएकोले पोखरामा पानीको अभाव हुँदै गएकाे स्थानीयहरू बताउँछन्।
०००
पाेखरीहरूमा पानीकाे अभाव हुँदै गए पनि यी यहाँका पाेखरीहरूकाे सांस्कृतिक र ऐतिहासिक महत्व भने कायमै छ। खाेकना गाउँकाे बिचमा रहेकाे दे पाेखु पाेखरीमा अहिले पनि जनैपूर्णिमाकाे अवसरमा गाइजात्रा मेला लाग्ने गर्छ। जहाँ बाख्रा भाेग चढाएर पूजाआजा गरिन्छ।
‘यहाँ त धेरै पहिलादेखि नै बाख्रा चढाउने गरिन्छ’, स्थानीय ८३ वर्षीय गाेपीलाल डंगाेलले बिएल नेपाली सेवासँग भने,‘एकचाेटी बाख्राकाे भाेग नचढाउँदा एकजना मान्छे पाेखरीमा डुबेर मरेपछि बाख्राकाे भाेग चढाउने प्रचलन पुन: चलाइएकाे हाे।’
बसपार्क क्षेत्रमा रहेका दुईवटा पोखरी– खा पोखु र पल पोखु। यी दुई पाेखरीकाे बिचमा बाटाे छ, जसबाट गाउँबाहिर जाँदा साइत शुभ हुने जनविश्वास रहेका यहाँका बुढापाकाहरू बताउँछन्। त्यसले यस पाेखरीप्रति यहाँका मानिसहरू धेरै आस्थावान छन्। ‘खा पोखु र पल पोखु पाेखरीबीचकाे बाटाे बाहिर जाने हाे भने साइत शुभ हुने आँटेका काम बन्ने विश्वास छ,’ स्थानीय हरिश्याम डंगाेलले सुनाउँछन्, ‘हाम्राे गाउँबाट टाढा जाँदा शुभ साइतका लािग गाग्रीमा पानी र फूल राख्ने संस्कार छ।’
०००
यस्ता धेरै महत्व बाेकेका धेरै पाेखरीहरू खाेकनामा छन्। तर, तिनीहरूकाे संरक्षण नहुँदा अस्तित्व नै मेटिने अवस्थमा पुगेकाे स्थानीय कान्छा महर्जन बताउँछन्।
‘हामी सानोा हुँदा यहाँ भैँसीलाई आहाल खेलाउँथ्यौ, हामी पनि पौडी खेल्थ्यौँ। त्यतिखेर पानी पनि सफा थियो तर अहिले त पाेखरीहरू नै मेटिने डर भयाे,’ उनले भने।
यहाँका अधिकांश पोखरीहरूकाे संरक्षण गरिँदै आएको छन्। तर, गा पोखु र पल पोखुको भने संरक्षणको अभाव देखिन्छ। गा पोखु खोकना गाउँकै गहिरो पोखरी हो, जहाँ डोजरले पोखरीको माटो झिक्न समेत जोखिम भएको छ। त्यस्तै पल पोखुमा झार उम्रिएर पाेखरी नै ढाकिन थालेकाे छ। यी पाेखरीहरूकाे संरक्षणमा केही संघ संस्था र प्रतिनिधिहरू लागेपछि पुरानै अवस्थामा फर्काउन कठिन छ। तथापि, यी पाेखरीकाे महत्व बुझेर संरक्षण गरेमा यहाँकाे इतिहास जाेगिनुका साथै खाेकनाकाे पहिचान पनि झल्किने यहाँका बुढापाकाहरू बताउँछन्।
भिडियाे : रवि महर्जन