भारतमा १२,२४९ जना कोभिडका नयाँ संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली

भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२,२४९ नयाँ कोभिड संक्रमित भेटिएका छन्। यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ।

भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ। कुल संक्रमितको शून्य दशमलब १९ प्रतिशत सक्रिय संक्रमित छन्। 

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर९८ दशमलब ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-23 08:07:00

प्रतिकृया दिनुहोस्