सुनचाँदीको मूल्य स्थिर

File photo
File photo

सुनचाँदीकाे मूल्य मंगलबार स्थिर छ। साेमबारकै मूल्यमा मंगलबार सुनचाँदीकाे काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

महासंघका अनुसार साेमबार ताेलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे। साेही मूल्यमा म‌ंगलबार काराेबार भइरहेकाे हाे । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेकाे छ।म‌ंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन्। म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८३८ र चाँदी प्रतिऔंस २१.६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-06-21 12:00:00

प्रतिकृया दिनुहोस्