चुनाव सकिएको महिना दिन बित्दा पनि पोखरा महानगरकाे वेबसाइटमा पूरानै वडाध्यक्षको विवरण !

file photo
file photo

स्थानीय तह निर्वाचन सकिएको एक महिना पूरा भइसक्यो। जनप्रतिनिधिले पदभार ग्रहण गरेर काम थालेको पनि एक महिना कटेर, कार्यकालको दोस्रो महिना लागीसक्यो।

चुनाव सकिएको महिना पूरा भए पनि कतिपय सरकारी वेबवाइटमा भने अघिल्लो कार्यकालका जनप्रतिनिधिको विवरण हटाएर नयाँ अपडेट गरेको पाइन्न।

नागरिक सूचनाको हकलाई चुस्त राख्न सञ्चालनमा ल्याइएका आधिकारीक वेबसाइटमा नयाँ अपडेट नहुनु हदैसम्मको लापरबाही हो।

यस्तै उदाहरण पोखरा महानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि पाइएको छ।

पोखरा महानगरपालिका प्रमुख उपप्रमुख बाहेक नवनिर्वाचित जनप्रतिनिधिको अघिल्लो कार्यकालका जनप्रतिनिधिको विवरण वेबसाइटमा भेटिन्छ।

महानगरका ३३ वडामध्ये वडा नम्बर १ बाहेकका वडाकार्यालयका जनप्रतिनिधि नयाँ अपडेट नभएको पाइएको छ।

यस विषयमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँग प्रश्न गर्दा यस विषयमा तुरुन्त सुनुवाई हुने बताए।

वडा कार्यालयहरु | पोखरा महानगरपालिका (pokharamun.gov.np)

प्रकाशित मिति: : 2022-06-20 14:17:00

प्रतिकृया दिनुहोस्