साइकलबाट लडे राष्ट्रपति बाइडेन

REUTERS/ AP/ Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुन्द्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन्। तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ।

ह्वाइट हाउसको टीमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्कालै उठेकाे देख्न सकिन्छ। त्यसपछि उनले भने, ‘म राम्रो छु।’

उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए। साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए। साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताएका छन्।

उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताएका छन्। ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने।

प्रकाशित मिति: : 2022-06-19 07:53:00

प्रतिकृया दिनुहोस्