विश्वव्यापी रूपमा ३६ मिलियन बालबालिका विस्थापित

file photo
file photo

द्वन्द्व, हिंसा र अन्य संकटका कारण  सन् २०२१ को अन्त्यसम्ममा ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ। यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो।

सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका,  रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन।

ठूलो संख्यामा मानिस विस्थापित हुनुमा अफगानिस्तान जस्तै लामो द्वन्द्वको चपेटामा परेका प्रजातान्त्रिक गणतन्त्र कंगो र यमनजस्ता देशले भोग्नु परेको संकट र जलवायु परिवर्तनको विनाशकारी परिणाम भएको सो निकायले जनाएको छ।

रिपोर्टअनुसार शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना भएका छन्। त्यस्तै, शरणार्थी किशोर÷किशोरीमध्ये एक चौथाइभन्दा कम माध्यमिक विद्यालयमा अध्ययनरत छन्। 

प्रकाशित मिति: : 2022-06-19 07:44:00

प्रतिकृया दिनुहोस्