असान्जेलाई बेलायतले अमेरिकालाई सुपुर्दगी गर्ने

Photo: Agency
Photo: Agency

चर्चित विकिलिक्सका सस्थापक जुलियन असान्जेलाई बेलायतले अमेरिकालाई जिम्मा लगाउने भएकाे छ। असान्जेमाथि इराक र अफगानिस्थान सँगको युद्धसँग सम्बन्धित कागजपत्र सार्वजनिक गरेको आरोप छ।

अब असान्जेको मुद्दा अमेरिकामा सुनुवाई हुने छ र यदी यो आरोप साबित भएमा असान्जेलाई १ सय ७५ बर्ष को जेल सजाय हुन् सक्ने छ अर्थात् उनको निधन जेल मै हुनेछ।

यसैबीच एक उच्च अधिकारीले असान्जेलाई अमेरिकामा सम्मानजनक व्यवहार गरिने र उनको मानवअधिकार, निष्पक्ष सुनुवाई र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी दिइने छ।

उता विकिलिक्सले बिभिन्न सामाजिक सञ्जालहरुमार्फत् असान्जे निर्दोष रहेको दाबी गरेको छ। सन् २०१२ देखि जेलमा रहेका असान्जेले जेलमै स्टेला मोरिससँग विवाह गरेका थिए।

प्रकाशित मिति: : 2022-06-18 06:14:00

प्रतिकृया दिनुहोस्