पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ।

पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन्। विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ। उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए।

उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए।

गत २६ मे मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको छ। त्यसैगरी मट्टितेलको मूल्य २६ मेमा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैयाँ पुगेको छ।

प्रकाशित मिति: : 2022-06-17 14:41:00

प्रतिकृया दिनुहोस्