सुनको मूल्य तोलामा ५०० ले बढ्यो

File photo
File photo

सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो। तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ। 

चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ। 

प्रकाशित मिति: : 2022-06-17 12:01:00

प्रतिकृया दिनुहोस्