१४ वर्षीया बालिकाको अपहरणको गरेकाे भन्दै क्रिस्चियन समुदायद्वारा विरोध

Symbolic photo
Symbolic photo

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया इसाई बालिकाको अपहरणको विरोधमा फैसलाबादको जिल्ला परिषद चोकमा ठूलो संख्यामा मानिसहरू भेला भएका छन्।

अपहरणमा परेकी बालिकाको परिवारले बालिकालाई बलात्कार गर्न अपहरण गरेको आरोप लगाएका छन्।

रिपोर्टका अनुसार प्रहरीले उजुरी दर्ता गरिसकेको छ तर देशको अल्पसंख्यक समुदाय प्रहरी अनुसन्धानबाट सन्तुष्ट नभएको बताउँदै शक्तिशाली व्यक्तिका लागि राति अदालत खुल्छ तर अल्पसंख्यक बालिकाका लागि नखोल्ने बताएको छ।

यसअघि इमरान खानलाई देशको प्रधानमन्त्री पदबाट हटाइएका समयको राजनीतिक सङ्कटकालमा पाकिस्तानको सर्वोच्च अदालत खुलेको थियो। मसिह समुदायका प्रदर्शनकारीले ‘खोलो खोलो अदालत खोलो’ नारा लगाएका थिए।

उनीहरुले बालिकाको उद्धार नभएसम्म घटनाको विरोध गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

धेरै मानवअधिकार संगठन र रिपोर्टहरूले पाकिस्तान सरकारले देशमा हिन्दू र अन्य अल्पसंख्यकहरूविरुद्ध बढ्दो अपराधमा आवश्यक कारबाही नगरेको आरोप लगाउँदै आएका थिए।

नोभेम्बर २०२१ मा मानव अधिकार कार्यकर्ताहरूले प्रत्येक वर्ष एक हजार ईसाई र हिन्दू केटीहरूलाई इस्लाम धर्म परिवर्तन गर्न जबरजस्ती गरिन्छ भनेर दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-06-16 11:02:00

प्रतिकृया दिनुहोस्