युक्रेन युद्धः  इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

Anatoly Maltsev/EPA, via Shutterstock

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ।

अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ। जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन्।

तर, फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस कुल ९८ अर्ब डलर आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता बनेको छ।

युरोपेली संघ रुसी तेल र प्राकृतिक ग्यासको शीर्ष आयातकर्ता बनेको छ।

प्रकाशित मिति: : 2022-06-14 08:32:00

प्रतिकृया दिनुहोस्