जि-बबले आफूलाई ब्रम्हाण्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर घाेषणा गर्दै भने : बाबु–आमा चाहिँदैन

आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका र्‍यापर जि-बब आमाबुबासँगको सम्बन्ध समाप्त गर्न चाहेको बताएका छन्। आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिन आइतबार आयाेजित पत्रकार सम्मेलनमा उनले साेही कुरा बताएका हुन्।

अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने बताउँदै उनले भने,‘मैले सम्बन्ध सिध्याउनै खोज्या हो। आई क्यान लिभ अलोन। म अब फेमिलीसँग बस्दिनँ। डेन्जर प्लान बनाइराको छु। म मेरो नयाँ फेमिली बनाउँछु।’

त्यस्तै उनले आफू ब्रम्हान्डकै सर्वोत्कृष्ट ब्याटल र्‍यापर भएको अर्को घोषणा गरेका छन्। ‘आई एम बेस्ट अफ दी बेस्ट ब्याटल र्‍यापर एभर अलाइभ इन द युनिभर्स,’ उनले भने,‘यो मैले घमण्ड गरेर भनेको होइन।’

हिजो (शनिबार) एक अन्तर्वार्तामा जि-बबले आफ्नी आमामाथि चारित्रिक आरोप लगाएका थिए। आज प्रेसमिटमा उनले त्यसबारे बाेलेका हुन्।

प्रकाशित मिति: : 2022-06-12 20:08:00

प्रतिकृया दिनुहोस्