नेपाल र अमेरिकाबीचको खेल 'टाइ'

Cricket Association of Nepal-CAN

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार राति भएको नेपाल र अमेरिकाबीचको खेल  खेल नाटकीय रुपमा 'टाइ' भएको छ।

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाललले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो। 

नेपालका लागि रोहित पौडेलले ६२ रन, आसिल शेख ६१ रन र देव खनालले ५४ रनको अर्धशतकीय पाली खेलेका थिए। त्यस्तै अदिल अन्सारीले २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए। अमेरिकाका लागि रस्टी थेरोनले ४ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो। अमेरिकाका स्टेभिन टेलरले ११४ रनको शतकीय पाली खेले भने कप्तान मोनान्क पटेलले ८५ रन बनाए।

नेपालका लागि अदिल अन्सारीले ३ विकेट लिए। महत्वपूर्ण समयमा विकेट लिएका उनी खेलको उत्कृष्ट खेलाडी चुनिए। 

अमेरिकालाई अन्तिम दुई बलमा जितको लागि केवल एक रन चाहिएको थियो। तर, आदिलले अन्तिम ओभरको पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलबाट क्याच गराए भने अन्तिम बलमा राहुल जारिवाला १ रन लिने प्रयासमा रनआउट भए। आदिलले अन्तिम ओभरमा ५ रन दिए।

प्रकाशित मिति: : 2022-06-12 06:52:00

प्रतिकृया दिनुहोस्