अमेरिकी संसदको तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित 

File Photo
File Photo

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ। प्रोटेक्ट आवर किड्स नाम दिइएको विधेयकको पक्षमा २२३ मत र विपक्षमा २०४ मत परेको छ। 

विधेयकको पक्षमा  मतदान गर्ने  पाँचजना रिपब्लिकन सांसद  रहेका छन्  भने दुईजना डेमोक्रेट सांसदहरूले पनि विपक्षमा मतदान गरेका छन्। यसरी हेर्दा यो विधेयकमा पार्टी लाइनअनुसार मतदान भएको देखिदैन। 

टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोली बिक्री निषेधका लागि अनुमति दिएको छ।

विधेयक कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ। तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ। 

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ। यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2022-06-09 07:46:00

प्रतिकृया दिनुहोस्