मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन्। रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै एक्कासी भत्किएको अधिकारीहरूले जनाएका छन्।
उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका हुन्।
‘पुलको उद्घाटन समारोह चलिरहेको थियो। त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए। लगतै झोलुङ्गे पुल भत्कियो। अनि नालामा खसे,’ भिडियो खिचिरहेका एक पत्रकारले भने।
उद्घाटनपूर्व झोलुङ्गे पुल भत्किँदा थुप्रै मानिसहरू नालामा खसेर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
काठको बोर्ड र फलामबाट बनेको थियो, झोलुङ्गे पुल। मोरेलोस राज्यका गर्भनर कुउहटेमोक ब्लान्कोले मयेर जोसे लुइस उरिओस्टेगुइ नालामा खसेर सामान्य घाइतेको पुष्टि गरेका छन्।
स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भत्किएको हो। पुल भत्किएपछि मेयर नालामा खसेको भिडियोले यतिबेला सामाजिक सञ्जाल तातेको छ।
Cae alcalde de Cuernavaca, José Luis Urióstegui y su esposa durante la reinauguración del paso Rivereño en Amanalco, el puente colgante se rompió, también están lesionados regidores y la Síndico
— Nueve Morelos (@TelevisaMorelos) June 7, 2022
Información: @Reportero1965 pic.twitter.com/x60I7b0GIB