सुनको मूल्य स्थिर

File photo
File photo

सुनको मूल्य बुधबार स्थिर रहेको छ। मगंलबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निधारर्ण गरिएको छ। 

त्यस्तै चाँदीको मुल्य भने बुधबार बढेको छ। मगंलबार प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदी बुधबार पाँँच रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-06-08 11:37:00

प्रतिकृया दिनुहोस्