सुहागरातअघि नै बेहुलाको लाखौं कुम्ल्याएर बेहुली भिनाजुसँग टाप

बिएल संवाददाता

नयाँ दिल्ली
Bhaskar
Bhaskar

भारतको बिहार राज्यमा विवाह गरेको २४ घण्टा नबित्दै नयाँ–बेहुली श्रीमान र ससुरालाई छक्याएर घरबाट भागेकी छन्।

मोतिहारीको हरनाथपुरस्थित परसौनी गाउँका युवक आनन्दकुमारलाई उल्लू बनाएर मुन्नी कुमारी आफ्ना भिनाजू र भाइसँग फरार भएको स्थानीयले जनाएका छन्। 

आनन्दकुमारले ससुरालीबाट पाएको दाइजो मोटरसाइकलसँगै टाप भएकी हुन्।

सुहागरात अर्थात विवाहको पहिलो रातमा रम्नुअघि नै बेहुली गरगहनासहित लाखौं नगद भारतीय रुपैयाँ कुम्ल्याएर भागेको प्रहरीले जनाएको छ।

पीडित बेहुलाले मुन्नी कुमारीलाई भिनाजु र भाइले धनमाल लिएर भगाएकाे भन्दै पाकिदयालको धनौजी प्रहरी चौकीमा उजुरी गरेका छन्। 

आनन्दकुमार हरनाथा गाउँका जोगी साहका छोरा हुन्। उनको विवाह ढाका क्षेत्र पर्साका रामनाथ साहकी छोरी मुन्नी कुमारीसँग हिन्दू परम्परा अनुसार भएको पीडित परिवारको दाबी छ।

युवककाे परिवारले बेहुली घरमा भित्रिएकाे खुसियालीमा तामझामसहित न्यानो स्वागत गरिरहेकाे थियो। बेहुलीको आगमनले आनन्दकुमारको गाउँमा उत्सव चलिरहेका बेला मुन्नी कुमारी एकाएक हराएपछि माहोल शून्य भएको स्थानीयले बताएका छन्।

स्थानीयवासीले बेहुलीसहित भिनाजु र भाइ जताततै खोजे तर कतैपनि भेटेनन्। ४ लाख बराबरको गरगहना र १ लाख ५० हजार नगद पनि देखेनन्। बेहुलाले दाइजोमा पाएको नयाँ मोटरसाइकल पनि भेटेनन्। अनि प्रहरीमा उजुरी गरेका छन्।

प्रकाशित मिति: : 2022-06-07 21:46:00

प्रतिकृया दिनुहोस्