कोभिड बढेपछि संघाई फिल्म फेस्टिभल स्थगित

File photo
File photo

चीनको प्रतिष्ठित फिल्म फेस्टिभल ‘संघाई फिल्म फेस्टिभल’ जहिल्यै जुनको मध्यमा हुने गर्दथ्यो। तर यसपटक भने कोरोना महामारीका कारण फेस्टिभल स्थगित भएको छ।

महोत्सव अब आगामी वर्ष अर्थात् सन् २०२३ मा हुनेछ। आयोजकले फेस्टिभललाई आगामी वर्षसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। आयोजकले फेस्टिभल स्थगित गर्नुपरेको क्षमा मागेको छ।

‘यदि कोरोनाबाट केही राहत मिल्यो र सर्तअनुसार सञ्चालनका लागि अनुमति मिल्यो भने दोस्रो ६ महिनामा प्रासंगिक फिल्म समारोह र थिम वाला कार्यक्रमहरुको योजना बनाइनेछ।

त्यसैअनुसार फेस्टिभलको आयोजना गरिनेछ’, आयोजकले विज्ञप्तिमार्फत भनेको छ। जनवरी २०२० को अन्त्यदेखि जुलाई २०२१ सम्म चीनमा कोरोना महामारीको दर उच्च थियो।

यही बेला लकडाउन लागू गर्दै सबै फिल्म हल बन्द गरिएका थिए। कोरोना संक्रमण विस्तारै घटदै गएपछि सबै खुला गरिएको थियो।

तर कोरोनाका डेल्टा भेरियन्ट आएपछि पुनः चीनमा लकडाउनको अवस्था आयो। यद्यपि १ जून २०२२ मा संघाई पुनः खोल्न अनुमति दिए पनि अहिले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै नयाँ नियम लागू गरिएको छ।

प्रकाशित मिति: : 2022-06-07 14:46:00

प्रतिकृया दिनुहोस्