पाकिस्तानमा पानीको संकट, खेती नगर्न किसानलाई आग्रह

CGTN
CGTN

पाकिस्तानमा पानीको कहालिलाग्दो संकटमा एक उच्च प्रोफाइल समिति नियुक्त गरिएको छ।

इस्लामाबादमा जलस्रोत सम्बन्धी राष्ट्रिय सभाको स्थायी समितिको बैठकमा उक्त समिति नियुक्त गरिएको हो।

सो बैठकमा एडीसीपी (अकोस्टिक डप्लर करेन्ट प्रोफाइलर) जस्ता अत्याधुनिक उपकरणहरूको प्रयोग गरी तौन्सा, गुड्डुबीच १६,००० क्युसेकमा हराएको बहाव पत्ता लाग्नका साथै अगस्ट २०१९ मा, आइआरएसए टोलीले गुड्डु र सुक्कर ब्यारेजमा पानी चोरी भएको पत्ता लगाएको दाबी गरिएको थियो।

सिन्धमा पानीको बहाव हराइरहेको प्रमाणित भए पनि साना र मझौला किसानहरू पनि धेरै प्रभावित भएका छन्।

सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले झण्डै ४० प्रतिशत पानीको कमी भएको औंल्याए।

पानी समस्या भएको भन्दै उनले किसानलाई यस वर्ष पानीको भर नपर्न बताए।

उक्त बैठकान सिन्ध सिँचाइमन्त्री जाम खान शोरो, मुख्य अनुसन्धान टोली मन्त्रालयका सहसचिव, इन्डस रिभर सिस्टम अथोरिटी (आईआरएसए), इरसा पञ्जाब, बलुचिस्तानका सदस्यलगायत राष्ट्रिय सभाका सदस्यहरूको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: : 2022-06-06 11:40:00

प्रतिकृया दिनुहोस्