अमेरिकामा फेरि चल्यो गोलीः ३ जनाको मृत्यु, ११ घाइते

बिएल संवाददाता

फिलाडेल्फिया  
New York Times
New York Times

अमेरिकास्थित फिलाडेल्फिया शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। 

शनिबार राति रमाइरहेको एउटा भीडमा गाेली चल्दा एक महिलासहित २ पुरुषले ज्यान गुमाएका छन्। उनीहरूको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको वास्तविक स्वास्थ्य अवस्था बाहिर आएको छैन।

सयौं मानिसहरू जम्मा भएर छुट्टी मनाइरहेका बेला आक्रमणकारीले भीडमाथि अन्धाधुन्ध गोली प्रहार गरेको अधिकारीहरूले बताएका छन्।

घटनास्थलबाट दुई थान हतियार बरामद भएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार आक्रमणकारी प्रहरीले उल्टै गोली प्रहार गरेपनि हालसम्म पक्राउ पर्न सकेका छैनन्। अहिले साउथ स्ट्रिट क्षेत्रलाई पूर्णरुपमा सिल गरिएको छ। 

मानिसहरूलाई हिँड्डुन गर्न रोकिएको छ। अमेरिकामा गोलीकाण्डका घटनाहरू लगातार बढिरहेका छन्। मंगलबार न्यू अर्लिन्सको एक हाईस्कूलको स्नातक समारोहमा गोली चल्दा एक वृद्ध महिलाको मृत्यु भएको छ।

यसअघि टेक्सास राज्यको एउटा स्कूलमा अन्धाधुन्ध गोली प्रहारबाट १९ बाबुनानीसहित दुई शिक्षकको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-06-05 19:51:00

प्रतिकृया दिनुहोस्