एमालेमा ओली हैकम– आलोचकलाई बोल्नै निषेध !

लोकान्तर

काठमाडौं

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्न केन्द्रीय कमिटीमा सिफारिश गरेपछि नेपाल एमाले पार्टी पंक्तिमा तरंग पैदा भएको छ । 

जेठ १८ गते बसेको अनुशासन आयोगको बैठकले भुसाललाई कारवाही गर्न सिफारिश गर्ने निर्णय गरेको थियो । 

आयोगका अध्यक्ष केशव बडालको अध्यक्षमा बसेको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा लेखी पठाउने निर्णय भएको बताए । 

कारवाही सिफारिशको औचित्य प्रस्ट्याउँदै बडालले भने, ‘पार्टीको नीति सिद्धान्त, कार्यक्रम, निर्णय र नेतृत्वप्रति लाञ्छित गर्ने अधिकार पार्टी  सदस्य रहेसम्म हुँदैन । व्यक्तिको कुरा होइन, कुनै पनि व्यक्तिले पार्टीको नीति, सिद्धान्त, विचार र हितविपरीत बजारमा बोल्दै हिँड्न पाउँदैन ।

आफ्नो कमिटीमा छलफल हुँदा कस्सिएर आलोचना गर्न पाइन्छ । विधिसम्मत कुरा राख्न पाइन्छ । तर, पार्टीको इमेजलाई ड्यामेज गर्ने अधिकार कसैलाई पनि हुँदैन ।’

प्रकाशित मिति: : 2022-06-05 19:14:00

प्रतिकृया दिनुहोस्