आइतबार, २४ अगस्ट २०२५

सरकारले खरकाे छानाे फेरिदिने आश्वासनमा बसिरहेका सर्वसाधारण

देशसञ्चार

देशसञ्चार

काठमाडाैँ
News Image
• • •

दाङ- खरको छानाबाट पानी चुहिन्छ। भित्ताभरि पानी बगेको टाटा स्पष्टसँगै देखिन्छ। हावाहुरी र पानी पर्दा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी हुर्मत कुमाल र उनको परिवार घर छाडेर अन्यत्र ओत लाग्नुपर्ने अवस्था छ।

पाँच वर्षअघि कुमालले खरको छाना फेरेर टिन लगाउने आश्वासन पाएका थिए। त्यो पाँच वर्ष वित्नै आँटेको छ। तर, उनकाे घरकाे छानाले रूप फेर्न पाएकाे छैन।

‘खरको छानो फेरेर टिन लगाउने कुरा सुन्दै आइयो। आफ‍ूसँग छानो फेर्ने ताकत भएन। आज होला कि भोलि होला भनेर कुर्दै बसियो’, कुमालले दुखेसो पोख्दै भने, ‘वडा कार्यालयमा फोटोसहितको निवेदन दिएको धेरै भइसक्यो। तर, अहिलेसम्म छानो फेर्न सकिएन।’

गाउँमा केही व्यक्तिले खरको छानो फेरेर टिन लगाइसकेको कुमालले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!