सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री

File photo
File photo

अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ  दिएका छन्। 

राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९र-८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए। 

समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए।  

साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए। 

प्रकाशित मिति: : 2022-06-01 16:50:00

प्रतिकृया दिनुहोस्