पदमा कन्या बहुमुखी क्याम्पसका छात्राहरूले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।
बलात्कारीहरूलाई खबरदारी गर्दै उनीहरूले नाटक देखाउँदै सोमबार प्रदर्शन गरेका हुन्।
आफूहरुले बाटोमा नाटक गरेर महिला हिंसाविरूद्ध आवाज उठाएको नाटकमा सहभागी सुष्मा खत्रीले बताइन्।
‘हामी जस्ता कतिपय महिलाहरु हिंसामा परिरहनुभएको छ। जसलाई उहाँहरुले बाहिर ल्याउनु नै भएको छैन’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्, ‘आफू हिंसामा परेको कुरालाई बाहिर ल्याउनुपर्छ, आवाज उठाउनुपर्छ।
पीडितमा भएका सबै महिलाहरुलाई आफूहरु साथ दिने बताउँदै उनले भनिन्, ‘महिलालाई महिलाले नै साथ दिनु जरुरी छ।’