पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

photo : sajha post
photo : sajha post

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की आइपुगेका छन्।  

पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा आइपुगुका हुन्। 

पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गरेका थिए। 

पाकिस्तानी प्रतिनिधि मण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन रहेका छन्।

विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी भने सोमबार नै टर्की आएका हुन्। उनी पनि प्रतिनिधि मण्डलमा सहभागी भएका छन्।  

टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ। भेटवार्ताका क्रममा पाकिस्तान— टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने लगायतका विषयमा छलफल भएको छ। 

त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्ने बारेमा पनि कुराकानी भएको जनाइएको छ।
 

प्रकाशित मिति: : 2022-06-01 12:46:00

प्रतिकृया दिनुहोस्