एनआरएनए जापानले राजदूतसँग भेटेर प्रस्तुत गर्‍याे आगामी याेजना तथा कार्यक्रम

गैरआवसीय नेपाली संघ (एनआरएनए)जापानले कार्यवाहक राजदूत अम्बिका जाेशीसँग भेटवार्ता गरेकाे छ। अध्यक्ष अनिता गुरुङगसहितको समूहले मंगलबार राजदूत जाेशीसँग भेटेर आगमी कार्यक्रमबारे छलफल गरेकाे हाे।

छलफलका क्रममा एनआरएनए जापानको भावी कार्यक्रम सँगै जापानबासी नेपालीको समस्या र त्यसको समाधानको उपायबारे छलफल भएकाे अध्यक्ष जाेशीले बिएल नेपाली सेवासँग बताइन्। संघले भइपरि आउने घटनाहरुसँग छिटो/छरितो समन्वय र सहयोगको लागि जापानमा नेपालीहरु बसोबास गरेको स्थानको आधिकारिक विवरण समेत माग गरेकाे छ।

नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको सहकार्यमा विभिन्न कार्यक्रमहरु सम्पन्न हुँदै आएका छन्। यस्ता कार्यक्रमलाई भविष्यमा थप प्रभावकारी बनाउने संघले जनाएकाे छ।

संघले आगामी दिनमा आयाेजना गरिने कार्यक्रमहरूबारे पनि जानकारी दिएकाे  छ।

यस्ता छन आगामी दिनका कार्यक्रम:

१) नेपाल फेस्टिवल– २०२२ आयोजना गरिने जसको लागि नेपाली राजदुतावास टोकियो पनि आयोजक रही फेस्टिवल आयोजना गर्नको लागि सहयोग गर्न अपिल गरेको छ।

२) जापानमा प्राकृतिक प्रकोप सँगै विभिन्न समयमा नेपालीलाई पर्नजाने समसयामा समन्वय र सहजीकरण गरी आवश्यक सहयोग गर्न जापानमा नेपालीको बासोबासको तथ्याङक उपलव्ध गराई दिन अनुरोध गरेको छ।

३) बुद्ध शान्ति पद यात्रा तथा नेपाल भ्रमणको लागि एतिहासिक भ्रमण स्थल फोटो प्रदर्शनी कार्यक्रम गरिने जनाएको छ।

४) नेपालमा प्राेढ शिक्षा र एनआरएनए कृषिमैत्री कार्यक्रम जस्ता कार्यक्रमहरु अगाडि सारेको छ।

५) तिज कार्यकम संचालन गर्ने।

६) खेलकुद कार्यक्रम संचालन गर्ने।

७) विद्यार्थीलाई पर्ने समस्या समाधानार्थ जानकारी मुलक कार्यकम संचालन गर्ने।

९) प्रवासी नेपालीहरूलाई आवासको समस्या समाधान गर्ने जानकारी मुलक फुदो सानको जानकरी गर्ने।

१०) नेपालको राजस्वलाई टेवा दिन कानुनी रुपमा रेमिटेन्स प्रबाह गर्ने के कसरी गर्न सकिन्छ तथा  गैरकानुनी हुण्डीबाट रकम पठाउने  निरुत्साहित गर्ने खालको कार्यक्रमहरु संचालन गर्ने।

११) मजदुरको तलब तथा सुविधाहरु दुरुस्त गर्न एक अध्यन गरी जापान को कानुन बमोजिम मजदुरको तहक अधिकार सम्बन्धि कार्यकम गर्ने।

१२) नेपाल र नेपालीको व्यवसाय बढाउन सहयोग हुने कार्यक्रम तथा नेपाल र नेपालीको स्तरउन्नन्ति हुने विशेष कार्यक्रम संचालन गर्ने।

प्रकाशित मिति: : 2022-05-31 19:16:00

प्रतिकृया दिनुहोस्