नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

bbc
bbc

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।

दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ।

'प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्' स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज– कोका ले भने।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ।

अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामिण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-05-28 21:33:00

प्रतिकृया दिनुहोस्