भारतले यूएनमा हिन्दी भाषाको प्रवर्द्धन गर्न ८00,000 यूएसडी सहयाेग गर्ने

@IndiaUNNewYork
@IndiaUNNewYork

भारतले संयुक्त राष्ट्र संघलाई हिन्दी संगठनको सार्वजनिक पहुँच बढाउने पहलको एक भागको रूपमा युएसडी ८00,000 सहयोग गर्ने भएको छ।

संयुक्त राष्ट्रका लागि देशका उप–स्थायी प्रतिनिधि आर रविन्द्रले २०१८मा भारतले संयुक्त राष्ट्र संघको बारेमा जानकारी दिन संसारभरका मानिसमा हिन्दी भाषी फैलाउन सुरु गरेको बताउँदै संयुक्त राष्ट्र परियोजनाको लागि चेक हस्तान्तरण गरे।

भारत सरकारले संयुक्त राष्ट्र संघमा हिन्दी भाषाको प्रयोग विस्तार गर्न निरन्तर प्रयास गरिरहेको छ। यी प्रयासहरूको एक भागको रूपमा,‘हिन्दी यूएन’परियोजना,संयुक्त राष्ट्रको सार्वजनिक सूचना विभागको सहयोगमा २०१८ मा हिन्दी भाषामा संयुक्त राष्ट्रको सार्वजनिक पहुँच बढाउन, र विश्वव्यापी मुद्दाहरूको बारेमा बढी जागरूकता फैलाउने उद्देश्यले सुरु गरिएको थियो।

भारतले २०१८ देखि यूएन डिपार्टमेन्ट अफ ग्लोबल कम्युनिकेसन्स (डिसीजी) सँग साझेदारी गर्दै आएको छ र डिसीजीको हिंदीमा समाचार र मल्टिमिडिया सामग्रीलाई अतिरिक्त–बजेटरी योगदान प्रदान गरिरहेको छ। 

२०१८ देखि, संयुक्त राष्ट्र संघको वेबसाइट र सोशल मिडिया ह्यान्डलहरू र यूएन फेसबुक हिन्दी पृष्ठ मार्फत हिन्दीमा ग् यूएन समाचारहरू प्रसारित गरिएको छ।
एक संयुक्त राष्ट्र समाचार–हिन्दी अडियो बुलेटिन ९यूएन रेडियो० हरेक साता जारी गरिन्छ।

प्रकाशित मिति: : 2022-05-27 11:34:00

प्रतिकृया दिनुहोस्