दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

File photo
File photo

चालु आर्थिक वर्ष २०७८र७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ। 

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ।

विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ। चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ। 

चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ।
 

प्रकाशित मिति: : 2022-05-26 14:08:00

प्रतिकृया दिनुहोस्