घट्यो सुनको मूल्य

File photo
File photo

सुनचाँदीकाे मूल्य बजारमा आज सस्तिएकाे छ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ।

अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो। भने छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० रहेकाे  छ।

अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: : 2022-05-26 12:32:00

प्रतिकृया दिनुहोस्