सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने

file photo
file photo

सरकारले आर्थिक वर्ष २०७९र०८० मा मदन भण्डारी राजमार्गको बाँकी खण्डको निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएको छ। 

केही वर्ष यता राजमार्ग निर्माणाधीन छ तर, नयाँ आर्थिक वर्षमा निर्माण सम्पन्‍न गर्ने सरकारले लक्ष्य लिएको हो। 

त्रिभुवन राजमार्गको ठाउँठाउँमा सुरुङमार्ग र फ्लाई ओभर निर्माण गर्ने पनि सरकारको लक्ष्य रहेको छ। 

सिद्धबाबा सुरुङमार्गको निर्माण पनि नयाँ आर्थिक वर्षमै सुरु गरिने भएको छ। 

पृथ्वी राजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी गरिने भएको छ। 

तीन सय सडक पुलको निर्माणसँगै महाकाली नदीमा निर्माणाधीन दोधारा–चाँदनी जोड्ने पुलको निर्माण सम्पन्न गरिने पनि सरकारको आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा उल्लेख छ। 

यस्तै, रसुवागढी–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सुरु गरिने सरकारको लक्ष्य छ। 

  

प्रकाशित मिति: : 2022-05-24 17:17:00

प्रतिकृया दिनुहोस्