शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु  

File photo
File photo

अमेरिकाको शिकागोमा भएको बन्दुक हमलामा कम्तीमा २ जनाको मृत्यु भएको छ।

फास्ट फूड रेस्टुरेन्ट बाहिर झगडापछि भएको बन्दुक हमलामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। शिकागोका प्रहरी प्रवक्ता टम एहर्नले भने, ‘शुक्रबार राति ११ बजेतिर त्यहाँ केहीले एकपछि अर्को गर्दै बन्दुकको गोली चलेको सुनेका थिए।’

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। केही दिनअघि न्युयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2022-05-21 12:42:00

प्रतिकृया दिनुहोस्