औबामियाङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

file photo
file photo

बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

गाबोन फुटबल एसोसियसनले औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बताएको हो। गाबोनका फरवार्ड उनले सन्यासबारे पत्र पठाएलो गाबोन एफएले जनाएको छ। ३२ वर्षीय उनीफरवार्ड गाबोनका लागि सर्वाधिक गोलकर्ता हुन्।

गाबोनका लागि उनले ७२ खेल ३० गोल गरेका छन्। आर्सनलका पूर्व स्ट्राइकर औबामियाङ गत सिजन फ्री ट्रान्सफरमा बार्सिलोना आएका हुन्।

प्रकाशित मिति: : 2022-05-19 12:23:00

प्रतिकृया दिनुहोस्