असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु, लाखौँ प्रभावित

Photo: PTI
Photo: PTI

असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ।

बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन्। प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन्। अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ।

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ।

बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ। बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ।

यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ। अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो दुई दिनदेखि प्रभावित छन्।

प्रकाशित मिति: : 2022-05-19 08:45:00

प्रतिकृया दिनुहोस्