बिएल संवाददाता
स्थानीय तह निर्वाचनकाे मतगणना जारी रहँदा लगभग जित्ने निश्चितताका साथ बसेकी छिन, नेकपा (एमाले)बाट काठमाडाैँकाे उपमेयरकाे उम्मेदवार बनेकी सुनिता डंगाेल।
पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर चल्याे। अन्तत: उनी जितकाे नजिक पुगेकी छिन्। याेसँगै यतिबेला डंगाेलका बारेमा केही पारिवारिक कुरा समेत चासाेमा पर्न थालेका छन्, जसमध्ये एउटा हाे विवाह।
सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको जनआस्थाले जनाएकाे छ। पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन्।
उनी ३/४ वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन्। सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन्। आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन्।
नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन्। गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया